पाठशाला न्यूज
 २०८२ मंसिर २५, बुधवार    

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

२०८१ माघ २४, बिहीवार ०७:१५ बजे

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ।

लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे ।

घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ को बराबरी गरेपनि अन्त्यमा हारको सामना गर्नु पर्यो ।

मोड्रिचले १८ औं‌ र एन्ड्रिकले २५ औं मिनेटमा गोल गरेपछि रियल २-० ले अघि बढ्यो । लेगानेसका क्रुजले ३९ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि पहिलो हाफको समाप्तिमा रियल २-१ ले अघि रह्यो।

क्रुजले ५९ औं मिनेटमा बराबरी गोल गर्दै लेगानेस खेलमा फर्काए। थप समय तर्फ उन्मुख खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा गार्सियाले गोल गर्दैै रियललाई रोमान्चक जित दिलाए।

मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा पुगिसकेको छ ।

बाँकी दुई क्वाटरफाइनलमा बिहीवार रियल सोसिडाड र ओसासुना तथा भ्यालेन्सिया र बार्सिलोनाबिच प्रतिस्पर्धा हुनेछ।